गाउँ चिनाउन वृत्तचित्र



लमजुङ, (नेस)। ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङको अर्को एक गाउँमा पनि होमस्टे विस्तार गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि निर्माण गरिएको पुरानकोटको चिनारी वृत्तचित्र सदरमुकाम बेसीशहरमा प्रदर्शन गरिएको छ।

वृत्तचित्र प्रदर्शनीको बेसीशहर नगरपालिका नगरप्रमुख गुमानसिंह अर्यालले एक विशेष समारोहबीच शुभारम्भ गरे। वृत्तचित्रमार्फत पुरानकोटलाई विश्वभर चिनाउने र गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको पुरानकोट पर्यटन प्रवद्र्धन कार्यक्रमका संयोजक आरपी गुरुङले बताए।

वृत्तचित्रमा पुरानकोटको भौलिक गीत र नृत्य, यानिमाया भाकादेखि घाटु, स्यार्गासहितका नाचको झलक समेटिएको छ। साथमा ऐतिहासिक, भौगोलिक, लोकसंस्कृति, धार्मिक, पर्यटकीय सम्भावनाहरू समग्र सम्पदा तथा विशेषतालाई समेट्ने प्रयास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्