जर्मनी: ग्याँग प्रतिवन्धित



वर्लिन,(एजेन्सी)
जर्मनीले ओसामानेन जर्मानिया नामक एउटा जातिय तुर्केली बक्सर ग्याँगमाथि प्रतिवन्ध लगाएको छ । यो ग्याँग गम्भीर अपराधमा संलग्न रहेका ेभन्दै सरकारले यस कदम चालेको हो ।

टर्कीको सत्तारुढ पार्टी एकेसंग आवद्ध रहेको बताइएका यस यस ग्याँगले बक्सिंग र बाइकर संस्कृति हुर्काइरहेको छ । मंगलबार प्रहरीले चारवटा जर्मन राज्यका विभिन्न स्थानमा रहेक यस समुहका अड्डामा छापामारेको स्थानिय संचार माध्यमले जनाएको छ । जर्मन गृह मन्त्रालयले करिव ३ सय सदस्य रहेको यस समुहको सम्पुर्ण गतिविधि प्रतिवन्धित भएके जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्