प्रभु बैंकको रौतहटमा नयाँ शाखा



काठमाडौं, (नेस)
प्रभु बैंकले रौतहटको परोहा नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा परोहा नगरपालिका प्रमुख मो.शेख वकिलले उद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्