जर्मनी: पुस्तक विवाद



बर्लिन (एजेन्सी)
जर्मनीको चर्चित प्रकाशक रेन्डम हाउसले मुस्लिम विरोध भावना भडकने त्रासले जर्मनीका विवादास्पद लेखक थिलो सारराजिनका नयाँ पुस्तक बजारमा ल्याउन अस्विकार गरेको छ ।

‘होस्टाइल टेक ओवर:  हाउ इस्लाम हेम्पर्स प्रोग्रेस एन्ड थ्रेट्स सोसाइटी ‘ नामक किताबलाई लिएर भइरहेको विवादमा म्यनिखको एक अदालतमा सुनवाई हुने बताइएको छ । कुरानको आलोचना गरिएको उक्त नयाँ किताब अगस्टको अन्त्यसम्म पुस्तक पसलमा आउने सम्भावना छ ।

७४ बर्षिय लेखक सारराजिनले सन् २०१६ मा आफुले रेन्डम हाउससँग एक गरेको सम्झौता विपरित पुस्तक जारी गर्ने तिथिमा फेरबडल भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्