पेटोलियम भण्डारण क्षमता बढाउन व्यवसायीको माग



यमलाल भुसाल, बुटवल ।

नेपाल पेटोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले नेपाल आयल निगमको मुलुकभर रहेका डिपोको भण्डारण क्षमता बढाउन माग गर्नु भएको छ ।

४० वर्ष पहिले बनाईएको नेपाल आयल निगमको डिपोको भण्डारण क्षमता नबढाउँदासम्म नयाँ टैंकर थप्न पनि समस्या हुने भएको भन्दै भण्डारण क्षमता बढाएर थप नयाँ टैंकर ल्याउन निगम गम्भिर हुनु पर्नेमा अध्यक्ष बोहोराले जोड दिनु भयो ।

पश्चिमाञ्चल टंैकर व्यवसायी संघको शनिवार मणिग्राममा भएको १२ औं वार्षिक साधारण सभामा वोल्दै अध्यक्ष बोहोराले सरकारले विना गृहकार्य ल्याएको यातायात क्षेत्रको आलोपालो प्रणालीको अन्त्यले सरकार नै अलमलमा परेको बताउनु भयो ।

आउदो साउन १ गते देखी यातायात संग सम्बन्धीत संघ सस्थाहरुको नविकरण नर्गर्ने भनी सरकारले गरेको घोषणाले मुलुकको यातायात क्षेत्रमा अन्यौलता पैदा भएको उहाँले बताउनु भयो ।

सरकारले गठन गरेको कार्यदलको निर्णय ततकाल सार्वजनिक गरी सोही कार्यदलको सुझावका आधारमा यातायात क्षेत्रलाई अगाडी संचालन गर्ने व्यवस्था मिलाउन समेत उहाँले माग गर्नु भयो । पेटोलियम पदार्थको ढुवानीमा लागु गरीएको लकिड. प्रणालीले अव चुहावट नियन्त्रणमा टेवा पुराउने बताउदै उहाँले लकिड. प्रणालीले गुणस्तर र क्वालिटिको समेत ग्यारेन्टी गर्ने धारणा राख्नु भयो ।

नेपाल पेटोलियम डिलर्स एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेटोलियम व्यवसायीहरुले पेटोलियम पदार्थ खुल्ला रुपमा विक्री वितरण गर्न पाउनु पर्ने भन्दै चोरी पैठारी र अपचलन भएमा त्यसको नियन्त्रण गर्ने काम प्रशासनको भएको बताउनु भयो ।

उहाँले आपुर्ति व्यवस्था सहज र विक्री वितरण सरल नहुदाँसम्म पेटोलियम पदार्थको व्यवसाय गर्नेहरुलाई नागरिक समाजले हेर्ने द्धष्टिकोणमा परिवर्तन आउन नसक्ने दावि गर्नु भयो ।

नेपाल पेटोलियम ढुवानी व्यवसायी महासंघका महा सचिव विश्व अर्यालले लोकतन्त्रमा व्यवसायीहरु संगठित हुन पाउने अधिकारलाई ध्यानमा राखी यातायात व्यवसायीका संघ संस्थाहरुलाई निर्वाध रुपमा संचालनको व्यवस्था मिलाई दिन सरकार संग माग गर्नु भयो ।

पश्चिमाञ्चल टंैकर व्यवसायी संघका वरिष्ठ सल्लाहकार चोपनारायण श्रेष्ठले सरकारले यातायात व्यवसायीको समस्या बुझन नसक्दा व्यवसायीलाई पेशा व्यवसायमा चुनौती आईपरेको बताउनु भयो ।

पश्चिमाञ्चल टंैकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कसौधन, पश्चिमाञ्चल पेटोलियम डिलर्स एशोसियसनका अध्यक्ष प्रेम न्यौपाने, संघका पुर्व अध्यक्ष हरी बहादुर कुंवर संघका वरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे महासचिव भिष्मदेव भारी लगाएतले यातायात व्यवसायीहरुमा देखा परेको अन्यौलताको अन्त्यका लागी सरकार गम्भिर हुनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्