सन्नी लियोनीको बायोपिक प्रोमो सार्वजनिक (भिडियो)



एजेन्सी । बलिउडकी अभिनेत्री एवंम पूर्व पोर्नस्टार सन्नी लियोनको जीवनमा आधारित रहेर निर्माण भएको वेब सिरिज ‘करनजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ को प्रोमो रिलिज भएको छ ।

उक्त बायोपिकमा सन्नी आफैले आफ्नो भूमिका निर्वाह गरेकी छन् । प्रोमोमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टारसम्का दृश्यहरु हाइलाइट गरिएको छ । आदित्य दत्त निर्देशित सिरिजमा सन्नी कामुक अवतारमा प्रस्तुत हुने छिन् ।

यहि १६ जुलार्इमा यो वेब सिरिज ‘जी फाइभ’ एपमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्