फुकेटमा दुर्घटना



बैंकक,(एजेन्सी)
थाइल्यान्डको विदा मनाउने लोकप्रिय पर्यटकिय गन्तव्य फुकेट टापुमा एउा यात्रुवाहक डुँगा पल्टिँदा २० जना भन्दा बढि व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जनौ व्यक्ति हराइरहेको उद्धारकार्यमा संलग्न निकायले जनाएको छ ।

फिनिक्स नामक डुँगामा १ सय ५ जना व्यत्ति सावार रहेको र त्यसमध्ये अधिकांश चिनिया नागरिक रहेको बताइएको छ । खराव मौसमको कारण आएको आधिँले विहिवार अपरान्ह सो डुँगा पल्टेको थियो । खारव मौसमका ेकारण राति रोकिएको खोजि र उद्धारकार्य शुक्रवार बिहान पुन शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्