शेयर बजारका लागि सुखद् साता



काठमाडौं (नेस)
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलव ८८ अंकले बढेर अन्तिम दिन १ हजार २ सय २४ दशमलव ४१ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८४ कम्पनीको १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपियाँम बराबरका ४२ लाख ५४ हजार ५ सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २८ दशमलव ३९ प्रतिशतले बढी हो । गत साता १ सय ८६ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार १५ हजार ८ सय ४८ कारोबारबाट १ अर्ब ४ करोड १६ लाख २३ हजार रुपिया“ बराबरका ३६ लाख ७९ हजार ६ सय कित्ता शेयर खरिद बिक्री भएका थिए । यस साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशलमव ३४ अंकले बढेर २ सय ५७ दशलमव ४६ अंकमा आइपुगेको छ ।

कारोबार रकमका आधारमा यस साता नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ करोड ४२ लाख ३० हजार रुपिया“ बराबरको कारोबारसहित अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । प्राईमको १ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पा“च दिन खुला रह्यो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । साताभर ३ वटा कम्पनीको बोनस शेयर र ३ वटा कम्पनीको हकप्रद शेयर निष्काशन भएको छ ।

बोनस शेयर निस्कासन गर्नेमा ओम डेभलपमेन्ट बैंक लिमिटेडको ३७ लाख ८१ हजार ७३ कित्ता, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख २० हजार ८ सय कित्ता र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ४६ हजार ६० कित्ता शेयर सूचीकृत भएको छ । त्यसैगरी हकप्रद शेयरतर्फ सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ८० हजार कित्ता, देवः विकास बैंक लिमिटेडको ६५ लाख ३३ हजार १ सय ८ कित्ता र मञ्जुश्री फाइनान्स लिमिटेडको ३ लाख ६२ हजार १ सय ९० कित्ता शेयर सूचीकृत भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्