अमेरिका: नेटोको खर्च बोझ



वासिङटन (एजेन्सी)
अमेरिकाले उत्तर एटलान्टिक सैन्य गठबन्धन नेटोको आर्थिक बोझ उठाउन अनुचित तरिकाले उसलाई बाध्य पारेको आरोप लगाएको छ । अर्को हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्प युरोप यात्रामा जानु अगाडी ह्वाइट हाउसको तर्फबाट जारी एक विज्ञप्तीमा उक्त मुद्दा उठाइएको हो ।

युरोपको आफनो यात्राका क्रममा ट्रम्पले २९ राष्ट्र सदस्य रहेको नेटोको शिखर सम्मेलनमा सम्बोधन गर्ने छ । यस सम्मेलनमा नेटोका सदस्य देश तथा नेताहरुसँग रक्षामा आफनो खर्च बढाउनका लागि ट्रम्पले दबाव दिने बताइएको छ । सन् १९४९ मा गठित उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा उत्तर अमेरिका र युरोप सहित २९ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्