बाढीबाट १० जनाको उद्धार



वीरगञ्ज

अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ ।

प्रहरी चौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका आठ महिला र दुई पुरुष गरी १० जनाको गएराति सकुशल उद्धार गरेको हो ।

भिस्वा बजारभन्दा एक किलोमिटर पूर्वतर्फको भिस्वा–सबैठवा जोड्ने पुल नजिक रहेको खोलाको बाढीले गाउँ पस्दा १० जनालाई बगाएको थियो ।

गाउँलेहरुले सबैठवा नजिक रहेको खोलाको किनारको चौरमा गाईवस्तु चराउन एवं खेतमा काम गर्न गएको बेला साँझ एक्कासि बाढी पसेर उनीहरुलाई बगाएको थियो । बाढीको चपेटमा परेको गाउँले एउटा रुखको सहाराले उनीहरु ज्यान जोगाएर उद्धारको लागि चिच्याएको थिए ।

बाढीमा फसेका उनीहरुलाई राती उद्धार गरी घर पठाइएको भिस्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताउनुभयो । बाढीले एक वटा खसी बगाउनुकासाथै धानको ब्याड तथा खेतमा लगाइएका उखुबालीमा समेत क्षति पु¥याएको गाउँलेले बताएका छन् ।
(रासस)

प्रतिक्रिया दिनुहोस्