रोनाल्डोको रेफ्रीलाई गाली



मस्को, (एजेन्सी)
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले नकआउट चरणबाट टोलीलाई अगाडि लान सकेनन् । उनी टोली हारिरहँदा निरास देखिएका थिए । यसै क्रममा उनको व्यवहार पनि नराम्रो भएको थियो । पोर्चुगलले फ्रि किकको दावी गरेको थियो ।

रेफ्रीले अस्विकार गरिदिएपछि रोनाल्डोले हारको रिस सबै रेफ्रीमाथि निकाले । उनले रेफ्रीलाई गाली दिन शुरु गरे । सोसल मिडियामा रोनाल्डाको अव्यवहारलाई लिएर पोस्ट गरियो । जसमा कयौंले च्याम्पियनलाई यस्तो व्यवहार गर्न नहुने यदि यस्तै गर्ने हो भने घर फर्कनु भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्