अचम्मको ढुकुटी



वर्तमान सत्ता साझेदार दल (विगतका एमाले र माओवादी) गत मंसिरमा राम्रै साँठगाठका साथ चुनावमा होमिएका थिए ।

साँठगाठ राम्रै भएर हो क्यार कामदलले अपेक्षा ग¥या भन्दा बढी सिटमा कब्जा जमायो । बाम दलको साझा घोषणापत्र, साझा अभियान, अनि आश्वासन पनि साझा थियो । आश्वासनका धेरै बुँदा मध्ये बृद्ध भत्ता पनि निकै प्राथमिकताको सूचीमा थियो क्यार ।

चुनावपछि ओली सरकार बन्यो तर आश्वासनलाई मारियो गोली । सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता)कै कुरा गरौ, चुनावका बेला ओली सहित नेताले बृद्ध भत्ता दोब्बर बनाउँछौ, घर–घरै पु¥याउछौ भन्या कुरा आम नेपालीले विर्सने कुरै भएन । तर पीएम ओलीले केही अघि भन्न भ्याए–‘ढुकुटीमा पैसा भएपो बृद्ध भत्ता बढाउनु, अघिल्लो (देउवा) सरकारले ढिकुटी रित्तो पा¥या छ ।’ उनको तर्क ठिकै हो, खल्ती दह्रो भए पो खर्च गर्नु ।

तर हिजो–आज सुनिदैछ, ‘पूर्व विशिष्ट अधिकारीहरुको सेवा÷सुविधा बढ्ने भएको छ’, ‘कम्रेड ओलीले २ नयाँ गाडी थपे ।’ उनकै क्याविनेटका पर्यटन मन्त्री अधिकारीकारीले १ सय भन्दा संघ/संस्थालाई चरण–चरणमा ६० करोड बाँडेको खवर पनि छताछुल्ल भएको छ ।

सरकारी ढुकुटीमा भएकै खर्च बाढ्या त होला नि, कि दात्तृ निकायको कृपामा प्राप्त भएको हो पीएम ओलीज्यू ? अनि जनतालाई बाढ्न मिल्ने ढुकुटी चाहिँ देउवा सरकारले रित्तो पा¥या होला, धरहराले बुझ्या यही हो ।

प्रतिक्रिया दिनुहोस्