कार्यालयको टुंगो नलाग्दा समस्या



बीरबहादुर बम, मुगु
स्थानिय निकायको निर्वाचन सम्पन्न भएको बर्ष दिन बिति सक्दा पनि मुगुका ३ वटा स्थानिय निकायका कार्यालय स्थायि रुपमा टुगो नलाग्दा सर्वसाधारणले सेवा लिन भने हैरानिमा परेका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिको कार्यालय भने स्थायि रुपमा सदरमुकाम गमगढिकमा कामकाज गर्दै आएको छ । त्यस्तै सोरु गाउँपालिकाको कार्यालयको हालसम्म टुगो नलाग्दा २ दिनको पैदल लगाएर सदरमुकाममै आएर स्थानियले सेवा लिदा स्थानियले स्थानिय सरकारको अनुभूति नै गर्न सकका छैनन्

। त्यस्तै खत्याड गाउँपलिका र मुगुम कार्मारोग गाउँपालिकाको कार्यालय सदरमुकाम गमगढीमा सम्पर्क कार्यालय रहेको भए पनि अस्थायि कार्यालय भने खत्याडको माझचैर र मुगुम कार्मारोग गाउँपलिकको पुलुमा राखिएको छ ।

सदरमुकाम पुग्न हैरानि भएपछि स्थानिय र जन प्रतिनिधिले सोरु गाउँपालिकको कार्यालय अस्थायि रुपमा भएपनि गाउँमै राख्न माग गरेका छन् । त कतिले नयाँ गाउँपालिकको माग समेत गरेका छन् । सोरु गाउँपालिकको गाउँ सभा र सर्वदलिय बैठकको छुटै गाउँपालिका समेत केन्द्र र प्रदेशबाट समेत माग गरेका छन् । मुगु कर्णाली वारीका धैनकोट कालै,गिलाहाँ रारा कच्चे लगाएतका ४ वडालाई लक्षित गरी स्थानिय तहको माग गरेका छन् ।

सोरु गाउँपालिकको कार्यालय सोरु कोट हुँदा कर्णाली वारीका स्थानलाई आउँन जान असहज हुने सोरु गाउँपालिकको कार्यालय सोरुकोट मा राख्ने उनको भनाई कार्यालय कुलाहाँमा हुँदा भिई ,नाथर््ापू ,फोतु, का बासिन्दालाई असहज हुने भएको गाउँपालिका अध्यक्ष लोकबाहदुर शाही बताउँ छन्। स्थानियको दवाव पछि अस्थायि रुपमा गाउँपालिका सोरु कोटमा राख्ने नर्णय उनको भनाई छ ।

कति पय स्थानिय निकायले गाउँमा झन्डा र बोर्ड मात्र झुन्डयाएका छन जसको गाउँपालिकाबाट भाड समेत खर्चिएका छन् । स्थानिय निकायका स्थायि भवन कार्यालय नतोकिदा त कतै कार्यालय नहुँदा गाउँपालिकका अध्यक्ष र उपाध्यक्ष ,वडा अध्यक्ष ,कार्यकारी अधिकृतलाई खोजेर आफनो सानो सिफारिसको काम लिन समेत ४,५ दिनको समय लाग्ने गरी सर्वसाधारणलाई झनै सास्ति हुने गरेको सोरु गाउँपालिका वडा नं. ९ का स्थानिय नन्दबहादुर शाही बताउँ छन् ।

सिफारिसदेखि बिकास निमार्णको रकम र कर्मचारीको तलब लिन समेत गाउँपालिका जाने कामले स्थानिय निकायका कर्मचारी भटनमै सेवाग्राहीले धेरै समय खर्चिनु परेको छ सदरमुकाम गमगढि पुपेका सर्वसाधारण बताउा छन् ।

मुगुका ४ वटा स्थानिय निकाय मभ्य ३ वटा स्थानिय निकाय गाउँपालिकाको कार्यालयको अत्तो पत्तो नलागदा पदाधिकारी कर्मचारी र स्थाानिय सबैलाई सास्ति हुने गरेको त्यसकोलागि पहल भई राखेको खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन बहादुर शाही बताउँ छन् ।

सदरमुकामबाट दुर्गमका स्थानिय निकायमा आफूलाई पाएक पर्ने स्थानमा कार्यालय स्थापना गर्न दवाव आएपछि कसको भनाई ठिक मानी काम गर्ने आफूहरु समेत अप्ठेरो परेको सोरु गाउापालिकाकि उपाध्यक्ष राज्यलक्ष्मि बम बताउँ छन् । अस्थायि रुपमा खोलिएका कार्यालयमा बर्षको शुरु र अन्त्यमा बाहेक अनय अबस्थामा भने गाउँपालिकाको कार्यालय सदरमुकाममा सिमित हुँदै आएका छन् ।

हाल सम्म पनि स्थानिय निकायको कार्यालयको टुगो नलाग्दा गाउँपालिकामा हुने बैकं ,कृषि,बन ,पशु, लगाएतका महत्वपूर्ण पूर्वाधार र कार्यालय समेत स्थापना हुन सकेका छनन् ।

प्रतिक्रिया दिनुहोस्