२४ घण्टामा तीनको मृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर,
भक्तपुरमा बितेको २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । जसमा दुई जनाले आत्महत्या गरेका छन् भने एक जनाको रहस्यमय अवस्थामा शव फेला परेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा शनिबार एकजनाको शव फेला परेको हो ।

उक्त नगरपालिकाको जितपुर टावर स्थित दिनेश खड्काको घर डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा बर्ष ३६ का उमेश कार्की मृत्त अवस्थामा भेटिएका छन् ।प्रहरीले घटना स्थलमा आवश्यक अनुसन्धान गरी मृतक उमेश कार्कीको हत्या भएको हुन सक्ने आशंकामा घटनामा संलग्न रहेका ब्यक्तिहरुको खोजी गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरलले बताउनुभयो ।

स्थानीयबाट खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी प्रभाग सुडाल र महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटीई घटना स्थलमा आवश्यक अनुसन्धान गरेको छ ।मृतक कार्कीको हत्या भएको हुन सक्ने आशंकामा घटनामा संलग्न रहेका ब्यक्तिहरुको तदारुकताका साथ खोजतलास गरिनुका साथै घटनास्थलमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगञ्जबाट तालिम प्राप्त कुकुर समेत ल्याई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

यसैगरी चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय राज चाकातुले आत्महत्या गरेका छन् । आफ्नै घरमा बिषादी सेवन गरी अशक्त भएका राजलाई उपचारको लागी निजको आमा शर्मिला चाकातुले तत्काल भक्तपुर अस्पताल लगेको प्रहरीले जनाएको छ ।

उनको त्यहाँ उपचारका हुन नसकेपछि नागरिक अस्पताल गठ्ठाघर लगिएको र शुक्रबार राती करिब १२ बजेतिर मृत्यु भएको परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेबती पोखरेलले बतानुभयो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लोकन्थली मनहरा सुकुम्बासी बस्तीका एकजना युवाले आत्महत्या गरेका छन् । सोही स्थानको ब्लक नं. १ स्थित बस्ने बर्ष २५ का सुरज दियाली आफ्नै घरको कोठामा पासो लगाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यसबारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्