नकआउट चरणको पहिलो खेलमा फ्रान्सको जित



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना विरुद्ध फ्रान्सले ४–३ को जित हात पारेको छ । यससँगै अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिएको छ । यस खेलमा एमबाब्बेले मात्रै दुई गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । भने ग्रिजम्यान र पाबार्डले १÷१ गोलको योगदान गरे ।
खेलमा राम्रो मुभ निकाले पनि चम्किन नसकेको अर्जेन्टिना टोलीलाई आफ्रनो गोलरक्षकसँगको तालमेल नमिलेको प्रष्ट देखियो । अर्जेन्टिनाका लागि भने डि मारिया, मार्काडो र अगाईराले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्