नेपाल वायुसेवाको वाइडबडी काठमाडौंमा



काठमाडौ,नेस
नेपाल वायुसेवा निगमको वहुप्रतिक्षित वाइडबडी विमान त्रिभूवन विमानस्थलमा बिहिवार ओर्लीएको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान लाई नेपाल संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री राज्यमन्त्री लयायतका सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए ।

फ्रान्सको टुलुजबाट करिव आठ घण्टा उडान भरेर वाइडवडी जहाज काठमाडौं ओर्लीएको निगमले जनाएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सहितको टोलीले विमान विमानस्थल आरालेका थिए । क्याप्टेन भिन्सेन्सो र फ्लाइट अफिसर जोआओ सेजर भिसिरा दा सिल्भाको कमान्डमा विमान नेपालमा उडान भरेर ल्याएका थिए । निगमका अनुसार अनुसार वाइडबडी नेपालको इतिहासमा सबैभन्दा ठूलो विमान हो ।

मन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न निगमको नयाँ वाइडबडी विमानको ठूलो भूमिका रहने बताउदै चुस्त र सवल व्यावस्थापनमा निगमको ध्यान जानु पर्ने बताउनुभयो । मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई सवल बनाउनको लागिसन् २०१९ भित्रै थप २ न्यारो बडी जहाज खरिदको लागि र्वाडले सैद्धान्तिक सहमति पनि दिएको बताउनु भयो ।

महाप्रवन्धक कंसाकारले विमानले विश्वको लामो गन्तव्यहरुमा नेपाललाई जोर्डन सहयोग पुग्ने र नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताउनु भयो । कंसाकारले विमानले नजिकका गन्तव्यमा मात्र नभएर युरोप, अमेरिका, जापान,साउदी अरव कोरीया लगायतका गनतव्यमा उडान गर्ने छ । जस्ले गर्दा नेपालको प्रर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र कम्पनीको आयमा समेत टेवा पुग्ने उहाँको विश्वास व्यक्त गनुभयो ।

१८ विजनेस क्लास, २ सय ५६ इकोनोमिक क्लास जम्मा सिट २७४  क्षमताको वाइडबडी विमानमा विमान केही समयपछि हालकै निगमको नियमित गन्तव्यमा उडान भर्ने योजना रहको छ । भने साउदी अरवको रियादमा थप उडान भर्ने योजना रहको छ । निगमले चाडै नै जापान र कोरियामा उठान भर्ने तयारि समेत गरेको छ ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईवटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।

निगमले दुई वाइड बडी जहाज २०९ दशमलब ६ मिलियन अमेरिकी डलर मूल्यका आधारमा खरिद गर्नलागेको हो हाल भने निगमले करिव साढे १२ अर्ब रुपियाँ पठाई सकेको छ। हाल निगम ले ८ गन्तव्यमा उडान गरिरहको छ । आठ गन्तव्यहरु दुवई हङकङ, बैंकक, बैंगलोर, दोहो र मलेसिया, दिल्ली, मुम्बईमा उडान भर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्