मन्त्रिपरिषद् बैठकः यस्ता छन् आजका निर्णयहरू



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीको भ्रमण अपेक्षा अनुसार नै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको सरकार प्रवक्ता एवम् संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ । युरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । यसका साथसाथै बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्