डेनमार्क र अस्ट्रेलियामा को भाग्यमानी हुने ?



समूह सी बाट फ्रान्स नकआउट चरणमा पुगिसकेको छ । यो समूहबाट एक टोलीको टुंगो हुन बाँकी छ । जसमा पेरुको चुनौती समाप्त भइसकेको छ भने डेनमार्क र अस्टे«लियामध्ये एकले अन्तिम १६ को स्थान सुरक्षित गर्नेछ ।

यी दुई टोलीमा भाग्यमानी को हुने हो ? डेनमार्कले पेरुसँग १–० को जितसँगै ३ अंक जोड्दा फ्रान्ससँग हार बेहो¥यो । उता एशियाको प्रतिनिधितत्व गरेको अस्टे«लियासँग १ अंक छ । तर आजको खेलमा अस्टे«लियाको लागि पेरु प्रतिद्वन्द्वी रहेकोले टोलीका कप्तान माइल जेडीनाकले कडा प्रतिस्पर्धा हुने बताएका छन् ।

जेडिनाकले ट्विट गर्दै बताए—हामीले कडा प्रतिस्पर्धात्मक खेल हुने आशा गरेका छौ । पेरुले जितकै लागि खेल्ने भएकोले हामीले जित्न धेरै मेहनत गर्नुपर्छ ।

उता डेनमार्कले बराबरी खेलेमा अस्टे«लियाले २–० को जित निकाल्नुपर्छ । यदि डेनमार्क जितेमा अस्टे«लियाको जित कुनै मायना राख्दैन । अस्टे«लियाका लागि जेडिनाकले दुबै गोल गरेका छन् । दुबै गोल पेनाल्टीमा थियो ।

अरु स्ट्राइकरले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । डेनमार्क भने संतुलित टिम हो । अस्टे«लियासँग १–१ बराबरी खेलेको डेनमार्कले जित्नको लागि फ्रान्सको डिफेन्स चिर्नु पर्ने हुन्छ । यो नै डेनमार्कको लागि आजको खेलमा ठूलो चुनौती हुनेछ । यस्तै फ्रान्सको लागि पनि यो परीक्षा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्