२ सय १३ किलो चरेश र २ किलो अफम सहित भारतीय पक्राउ



काठमाडौं (नेस)
२ सय १३ किलो चरेश र २ किलो अफम सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई लागु औषध नियन्त्रण व्यूरोले आइतबार कलंकीबाट विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला मोखीलिशपुर सेमरा–९, ग्राम झकिया टोला पूर्वीचम्पारण बिहारका मेराज आलम हुन् । उनले आफ्नो सवारीमा फल्स बटम बनाई लुकाउ–छिपाउ गरी राखिएको २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिम काठमाडौं ल्याएका हुन् ।
प्रारम्भिक अनुन्धानबाट उनले बरामद अवैध लागु औषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्ली तर्फ ओसार पसार गर्न लागिएको खुलेको छ । उनी पटक–पटक उक्त ट्रकको प्रयोग गरी अफिम तथा चरेसको ओसार–पसार कार्यमा संलग्न रहेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्