भद्रपुरको बजेट ७२ करोड



भद्रपुर(नेस)

झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगर उपप्रमुख चन्द्रमाय श्रेष्ठले नीति, कार्यक्रम सहितको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । उपप्रमुख श्रेष्ठले आइतबार सार्वजानिक गरेको बजेटमा विभिन्न १३ वटा शिर्षमा रकम बाँडफाँड गरिएको छ ।

बजेट विनियोजन अन्र्तगत आन्तरिक श्रोतमा ४ करोड ४२ लाख ५ हजार,राजश्व बाँडफाँडबाट १० करोड ४६ लाख ५७ हजार, प्रदेश सरकार वित्तिय समानिकरणतर्फ ५० लाख र नेपाल सरकार वित्तीय समानीकरण अनुदान १७ करोड ४९ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । नेपाल सरकार सशर्त अनुदानका रुपमा १९ करोड २ लाख रुपैयाँ र प्रदेश सरकार सर्शत योजनागत अनुदान १ करोड उल्लेख गरिएको छ ,समाजिक सुरक्षा भत्ता १२ करोड छ ।

त्यसैगरि सडक बोर्डबाट १ करोड, योजना लागत सहभागितामा ३ करोड ५० लाख,खुल्ला दिसा मुक्त विकास कार्यक्रममा २५ लाख छुट्टयाइएको छ । त्यस्तै चालु आबको बचतबाट १ करोड, जिल्ला समन्वय समितिबाट राजस्व बाँडफाँडबाट १ करोड उल्लेख गरिएको छ । नगरलाई प्राप्त वित्तीय समानीकरण तथा आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त उल्लेखित कुल बजेट मध्ये चालु खर्च(नेपाल सरकारबाट प्राप्त हुने शसर्त अनुदान र सामाजिक सुरक्षा कार्यक्रम समेत) गरी ६३ दशमलव ५५ प्रतिशत र पूँजीगत खर्च ३६ दशमलव ४५ प्रतिशत हुने गर िविनियोजन गरेको उल्लेख गरिएको छ ।

प्रदेश १ का कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा तथा नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगर कार्यपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत् गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्