जापान अवार्डको नोमिनेसन



जापानको टोकियोमा पहिलोपटक हुन लागेको सूर्य इन्टरनेसनल अवार्ड–२०१८ को शनिबार राजधानीमा आयोजित एक समारोहबीच नोमिनेसन सार्वजनिक गरिएको छ।अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो।

आगामी भाद्र ३१ गते टोकियोमा हुने अवार्डमा फिल्म र संगीत क्षेत्रबाट ६/६ गरी १२ विधामा अवार्ड प्रदान गरि“दै छ। अवार्डमा फिल्मका लागि उत्कृष्ट फिल्म, नायक, नायिका, सहअभिनेता, सहअभिनेत्री तथा संगीततर्फ लोक, पप र आधुनिक गायक गायिक विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन्।

अवार्डका लागि फिल्मतर्फ छक्का पञ्जा २, ए मेरो हजुर २, शत्रु गते, म यस्तो गीत गाउ“छु र कृ मनोनयमा परेका छन्। निर्देशकको विधामा दीपाश्री निरौला, अरूणा थापा, प्रदीप भट्टराई, सुर्दशन थापा र मिलन चाम्स मनोनयमा छन् भने अभिनेतामा अनमोल केसी, प्रदीप खड्का, पल शाह पुष्पल खड्का र दयाहाङ राई तथा अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्म शाह, पुजा शर्मा, श्वेता खड्का, शिल्पा पोखरेल र निता ढुंगाना मनोनयनमा छन्। त्यस्तै सह–अभिनेतामा केदार घिमिरे, बुद्धि तामाङ, सलोन बस्नेत, अनुपविक्रम शाही, प्रशान्त ताम्राकार तथा सहअभिनेत्रीमा वर्षा राउत, प्रियंका कार्की, केकी अधिकारी, अनु शाह र आशिस्मा नकर्मी मनोनयनमा परेका छन्।

सगीतको पप विधाअन्र्तगत गायकतर्पm सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर गायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू, मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापा मनोनयनमा परेका छन्। आधुनिक गीतको गायकमा प्रमोद खरेल, शिव परियार, रामकृष्ण ढकाल, हेमन्त शर्मा र राजेशपायल राई, गायिकातर्फ अन्जु पन्त, मेलिना राई, रिता केसी, टीका प्रसाईं, सिर्जना खत्री, लोकगायकमा नविन पौडेल, रमेशराज भट्टराई, खुमन अधिकारी, रामजी खाँण र प्रकाश कटुवाल, लोकगायिका ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुना थापा र देवी घर्ती मगर मनोनयनमा परेका छन्।

अवार्डलाई भोटिङ प्रक्रियामा सञ्चालन गर्न लागिएको अवार्डक अध्यक्ष बासुदेव लामिछानेले बताए। उत्कृष्ट ५ मनोनयमा परेका सबै विधामा विश्वभरबाट अनलाइन भोटिङ गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए। अवार्ड समारोहमा कमेडी, नृत्य, गायनलगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरू गरिनेछ।

प्रतिक्रिया दिनुहोस्