कोरियाली युद्धमा अलगिएका परिवारको पुनर्मिलन



सोल (एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक सिंगापुर वार्तापछि कोरियाली प्रायद्विपमा सकारात्मक वातावरण बन्दै गएको महसुस गरिएको छ ।

उत्तर र दक्षिण कोरियाबीच कोरियाली युद्धका क्रममा अलगिएका भएका परिवारलाई पुनर्मिलन गराउने प्रक्रियालाई अगस्टबाट पुन सुरु गर्न सहमती भएको छ । शुक्रबार विभाजित परिवार पुनर्मिलनका लागि सहमति भएका जनाइएको छ । सन् २०१५ पछि यस प्रकारको भेट पहिलो हुनेछ ।

सन् १९५०–५३ को युद्धका क्रममा कोरिया विभाजनमा लाखौं नागरिक आफन्तहरुसँग अलगिएका थिए । यसमा धेरैजसो सीमा वारपारका निकट नातेदारहरुको एक आपसमा देखभेट नभइकन र आवाज सुन्न नपाउँदै मृत्यु भइसकेको छ । उक्त युद्धपछि सिमाका दुबै तर्फका नागरिकबीच सबै प्रकारको सन्चारमा रोक लगाइएको थियो ।

गत अप्रिलमा किम र दक्षिण कोरियाली राष्टपति मुन जेइ इनबीचको ऐतिहासिक शिखर सम्मेलनपछि भएका सम्झौता पारिवारिक पुनर्मिलन पनि एक हो । शुक्रबार दुबै देशका अधिकार उत्तर कोरियाको माउन्ट कुमगांग रिजोर्टमा भेटे र अगस्टमा पुनर्मिलनका लागि सहमति गरे ।

सोल–प्योङयाङको संयुक्त विज्ञप्तीमा पुनर्मिलन अगस्ट २० देखि २६ को बीचमा हुने र त्यसका लागि एक पक्षबाट १ सयलाई चयन गरिने उल्लेख गरिएको छ । उक्त पुनर्मिलन माउन्ट कुमगांग रिजोर्टमा हुने त्यसका लागि दक्षिण कोरियाका अधिकारीले अर्को हप्तादेखि निगरानी सुरु गर्ने बताइएको छ ।

दक्षिण कोरियाली रेडक्रसमा ५७ हजार नागरिकले विछडिएका आफन्तसँग भेट्नका लागि पन्जिकरण गराएको छ । यस धेरैजसोको उमेर ७० बर्ष भन्दा माथि छ । ती मध्य केहि भाग्यशालीले मात्र यो पुनर्मिलनमा आफन्तसँग भेट्न पाउने छ । उनीहरुका लागि यो अत्यन्त भावुक क्षण हुनेछ । किनभने दशकौं पछिको भेटमा पनि उनीहरुलाई अत्यन्त कम समय दिइएको छ ।

पुनर्मिलन कार्यक्रम सन् २००० मा कोरियाली शिखर सम्मेलनपछि सुरु भएको थियो । बर्षमा एक पटक यस्ता कार्यक्रम आयोजना गर्ने योजना बनेको थियो तर तनाब बढ्नुका कारण यसमा ब्यवधान आउने गरेको थियो ।

उत्तर कोरियाले आफना नागरिकलाई सोलले फिर्ता नगरेसम्म पुनर्मिलनका लागि तयार नहुने बताएका थिए । उत्तर कोरियाका कयौं नागरिक भागेर दक्षिण कोरियामा सरण लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्