ट्रम्पद्वारा आप्रवासीबाट मारिएकाका परिवारसँग भेटघाट



वासिङटन (एजेन्सी)
आप्रवासी सम्बन्धी आफनो नितिका कारण आलोचित भइरहेहा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीको हातबाट मारिएकाहरुको परिवार सदस्यसँग भेटेका छन् ।
एन्जेल फेमिलिज नामक उक्त समुहलाई राष्टपति ट्रम्पले ह्वाइट हाउसमा आमन्त्रित गरेका थिए । उनले त्यहाँ भेला भएका पिडित सदस्यलाई उनीहरुका प्रियजनको मृत्यु ब्यर्थ नजाने बताए ।

२ हजार भन्दा धेरै आप्रवासी बालबालिकालाई उनका मातापिताबाट अलग गरेका कारण अमेरिकी राष्टपति ट्रम्पको ब्यापक आलोचना भएको थियो । जनताको ब्यापक दबावपछि उनले आफनो नितिमा परिवर्तन गर्नु परेको थियो ।

अवैध आप्रवासीको हातबाट मारिएकाहरुको परिवार सदस्यसँगको भेटघाटमा ट्रम्पले भने– यी ती अमेरिकी नागरिक हुन् जो सँधैका लागि आफना प्रियजनसँग टाढा भएका छन् ।
राष्ट्रपति ट्रम्पले भने– यीनीहरुले जुन पिडा सहेका छन्, त्यो त्यतिकै ब्यर्थ जाँदैन । तीन बर्ष अगाडी जब हामी साथै थियौं , त्यतिबेला पहिलो दिनमै मैले भनेको थिएँ, म तपाईहरुलाई हेरिरहेको छु, सुनिरहेको छु र तपाईको यो बलिदानलाई खेर जान दिन्न, तपाईहरुलाई निरास पार्दिन । हामी यी बहादुर अमेरिकहरुलाई एन्जेल फेमिलीले सम्बोधन गर्छौ ।

अमेरिकी राष्टपतिले यो भन्दा खराब कल्पना गर्न नसक्ने बताउँदै कार्यक्रममा सहभागी बन्न आएका परिवार सदस्यहरु पक्षमा आफु सँधै उभिने बताए ।

उक्त कार्यक्रममा सहभागी बनेका लारा विल्करसनले सन् २०१० मा आफनो छोरा गुमाएका थिए । उनका छोरोको एक अवैध आप्रवासीले हत्या गरेको थियो । लारा आफुसँगै आफना छोराको तस्वीर लिएर आएकी थिइन् ।

दुबै हातले छोराको तस्वीर समाउँदै उनले भनिन्– उ माथि अत्यन्तै नराम्रो भएको थियो । उसको शोषण गरियो, सरीरको विभिन्न ठाउँमा घाउ बनाइयो र हत्यापछि उसलाई जलाइदियो । यहाँ उपस्थित सबै परिवारजन मध्य कसैले पनि आफना बच्चालाई अन्तिम विदाई पनि बोल्ने मौका पाएनन् । हामी त्यति धेरै भाग्यशाली थिएनौ की मात्र ५ वा १० दिनका लागि आफना बच्चासँग अलग भएका हौ । हामीले सँधैका लागि उनीहरुसँग अलग हुनु पर्यो ।

ट्रम्पले मेमा आफनो जीरो टोलरेनस नितिको सुरुवाट गरेका थिए । जसको लागु गर्ने क्रममा करिब अवैध आप्रवासीका २ हजार ३ सय बच्चालाई उनका परिवारसँग अलग गरिएको थियो ।

ती बच्चाहरुलाई स्वास्थ्य तथा मानव सेवा विभागको तर्फबाट चलाइएको केन्द्रमा राखिएका छन् । यसमा कयौं बच्चाको उमेर ५ बर्षभन्दा कम थियो । ट्रम्पको यस नितिको चौतर्फी निन्दा भएपछि गत बुधबार उनले यसलाई रोक्ने निर्णय लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्