तान्जानिया: गीत प्रतिबन्ध



डोडोमा (एजेन्सी)
तान्जानियाका विपक्षी सांसद जोसेफ मबिलिनीले देशको जेलमा बनाएको र्याप गीतलाई प्रतिबन्ध लगाएकोमा सरकार विरुद्ध मुद्दा गर्ने भएको छ । देशको कला परिषदले ‘बसाटा‘ले सार्वजनिक हिँसा बढाउने शब्दको प्रयोग गरेकोले उक्त गीत माथि प्रतिबन्ध लगाएको थियो । मबिलिनीलाई एमसी सुगु नामले चिनिन्छ ।

उक्त गीत उनको पक्राउपछि चुहावत भएको थियो । सुगुलाई राष्टपति जोन मागुफुलीको मानहानी गरेको आरोपमा जेलमा राखिएको थियो । यस प्रतिबन्धले अभिब्यक्तीको स्वतन्त्रतामा पनि प्रश्न उठेको छ । कला परिषद बसाटाले उक्त गीत विरुद्ध सर्वसाधारणले आपत्ती जनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्