चट्याङ्ले तीनवटा चौपाया ठहरै



भद्रपुर, (नेस)
शुक्रबार राती परेको चट्याङ् लागेर तीनवटा चौपाया मरेका छन् । झापाको साविक चन्द्रगढी गाविस १ हाल भद्रपुर नगरपालिका १० काफ्ले टोलका धन बहादुर काफ्लेको गोठमा परेको चट्याङ्ले एकहल गोरु र एउटा ब्याउने गाइ मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्दाजी रातीको साढे एक बजे ओछ्यानमा आगोले पोले जस्तो भएको र गोरु कराएको सुनेर जादा मरिसकेको पीडित काफ्लेले बताए । एउटै गोठमा रहेका अन्य दुइवटा पशु तथा बाख्रा भने सकुशल रहेका थिए ।

चट्याङ्का कारण घरमा जडान गरिएको बिजुलीको मीटर बाकस,स्वीच बोर्डमा समेत क्षति पुगेको पाइएको छ । घट्नमा ५२ वर्षिय काफ्ले र उनकी ४५ वर्षिया श्रीमती पम्फा समेत छिर्का लागेर सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घट्ना पछि प्रहरी टोलीले जानकारी लिएर गएको छ भने पीडितलाई जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सुझाव दिएको छ । घट्नाबाट अनुमानित डेढ लाख रुपैया बरावरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

न्यूूूूूून आर्थिक अवस्था भएका काफ्ले परिवारको गोरुको सहयताले जिवीको पार्जन गर्दै आइरहेका थिए । अब गोरुको काम आइरहेको समयमा उनको परिवारमा परेको बज्रपातले परिवार थप पीडामा परेका छन् । ९६ वर्षिय बुवा र ९४ वर्षिया आमा र दुइ सन्तानलाई पालन पोषण गर्दै आएका धन बहादुर यतिबेला चिन्तीत बनेका छन् । एक हप्ता अघि सोही वडाका देवीप्रसाद दाहालको दुइतले घरको छत छेउमा र गाइगोठमा लागेको चट्याङ्ले सामान्य क्षति पुर्याएको थियो ।

वर्षा र चट्याङ्ले झापामा अन्य क्षेत्रमा क्षति नपुर्याएको जिल्ला प्रहरी कार्यालयका एसपी विष्णु कुमार केसीले जनाए । वर्षा शुरु भएकोले सजग रहन समेत एसपी केसीले सवैलाइ अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्