सामाजिक विकासको कार्यक्रम प्रभावहीन



सञ्जय कार्की, रौतहट
स्थानीय तह बाट संचालित सामाजिक बिकास तर्फको कार्यक्रम प्रभाबहिन बनेको छ ।

स्थानीय तह बाट गरिएको लक्षित कार्यक्रमहरु, सीप विकास सँग सम्बन्धित कार्यक्रमहरु र लघु उद्यम सँग सम्बन्धित कार्यक्रमहरु प्रभाबहिन बनेको छ । नगरपालिका बाट सामाजिक बिकासको कार्यक्रम गर्न समेत कर्मचारीले अनधिकृत लाभ लिने गरेको आरोप लागेको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका बाट सामाजिक बिकास कार्यक्रम गर्न गैर सरकारी संस्थासंग आर्थीक लाभ लिएर कार्यादेश दिने गरेको आरोप लागेको छ ।

यस्तै आरोपका बीच फतुवा बीजयपुर नगरपालिकाका कर्मचारी मुकेश साह कुटिएका छन । उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रन्जना साह संगको मिलोमतोमा आर्थीक लाभ दिने गैरसरकारी संस्था लाई गोप्य रुपमा छनौट गरेको आरोपमा स्थानीय बाट कुटिएका हुन । उनलाई कुटपिट गरेको आरोपमा प्रहरीले रामेश्वर यादब लाई कुटपिट गरेका छन ।

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रन्जना साहले प्राबिधिक सहायक साह लाई वडानम्बर ४ र वडानम्बर ११ को सचिबको पदको समेत जिम्मेबारी दिएकी थिईन । दुवै वडाको सचिबका अलावा साह लाई नगरपालिकाको जिन्सी फाँट, प्रशासन, सामुदायिक बिकास, राजश्व फाँट, न्यायिक समिति, युनिसेफको बालपोषण लगायत दश भन्दा बढि फाँटको जिम्मेबारी दिइइएको छ ।

करोडौ रुपैयाको लागतमा संचालित कार्यक्रम बाट लक्षित बर्गको जीबनस्तर माथि उकासिन सकेको छैन तर कर्मचारीहरुको अनधिकृत सम्पति आर्जन भएको आरोप स्थानीयको रहेको छ । रौतहटको १६ नगरपालिका र २ वटा गाउपालिका बाट संचालित सामाजिक बिकासको कार्यक्रमको गोप्य रुपमा गैरसरकारी संस्था छनौट गरिएको छ भने कतिपय स्थानीय तहका वडा कार्यालय आफैले समेत कार्यक्रम गर्दै आएको खुल्न आएको छ ।

कार्यक्रमको बिषय सहित नगरपालिकाले पन्द्र दिने सुचना प्रकाशित गरेर गैरसरकारी संस्था छनौट गर्दा पारदर्शिता हुनेमा त्यसो भएको पाईदैन । गैरसरकारी संस्था महासंघ रौतहटका अध्यक्ष रामपुकार यादबले प्रक्रिया पुरा गरेर गैरसरकारी संस्था लाई छनौट गर्दा पारदर्शिता हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्