ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा थप



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको कल्याणपुर नगरपालिका– १२, बेल्हामा आफ्नो ९०औं शाखारहित बैंकिङ सेवा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कल्याणपुर नगरपालिका–१२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले गर्नुभयो । बेल्हाका स्थानीय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ सेवाको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंकले १२९ शाखा, १३२ एटीएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउन्टर र ९० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि तथा सम्र्पक कार्यालयमार्फत ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्