सेञ्चुरी बैंकको ब्याजदर परिवर्तन भयो



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले शुक्रबारदेखि लागू हुने गरी ब्याजदरमा परिवर्तन गरेको छ । बैंकका अनुसार सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्षसम्मको लागि १० दशमलव ५ प्रतिशत र संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १० दशमलव ५ प्रतिशत र त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी संशोधन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्