अर्गानिक तरकारी खेतीतर्फ आकर्षित



नेपाल समाचारपत्र, इलाम
जिल्लामा अझै पनि तरकारी खेतीमा विषादीको प्रयोग बढ्दै गएको छ । तरकारीमा बिषादीको प्रयोग बढ्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुगिरहेको छ । यसैलाई मध्यनजर गर्दै यहा“का कृषकलाई अर्गानिक तरकारी खेतीतर्फ आकर्षित बनाउन थालिएको छ । अर्गानिक तरकारी खेतीतर्फ आकर्षित गराउन जागृति नेपालले पहल थालेको हो ।

किसानलाई व्यावसायिक अर्गानिक तरकारी खेती गराउन यस संस्थाले इलाम नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई अर्गानिक तरकारी खेती सम्बन्धी तालिम दिन थालेको छ । व्यावसायिक रुपमा तरकारी खेतीलाई बढावा दिन अर्गानिक तरकारी उत्पादन सम्बन्धी इलामनगर क्षेत्रका कृषकलाई तालिम दिन थालेको आयोजक संस्थाका कोषाध्यक्ष गोपाल पौड्यालले बताउनुभयो ।

रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वरा शक्तिमा प्रतिकूल असर पार्ने थाहा पाए पनि इलामका धेरै गाउ“का कृषकले अर्गानिक प्रविधिबाट तरकारी खेती गर्न नजान्दा विषादीकै प्रयोगबाट तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । रासायनिक मल र बिषादीले तत्काल उत्पादन वृद्धि भई फाइदा हुने भएपनि यसको दीर्घकालीन प्रयोग गर्दा जमिनको उर्वराशक्ति घट्दै जाने कृषि प्राविधिकहरु बताउ“छन् ।

प्रतिक्रिया दिनुहोस्