साउदी अरेवियामा महिलाले सवारी चलाउन पाउने



रियाद,(एजेन्सी)
साउदी अरेवियाका महिलाहरुले अबदेखि आफै सवारी साधन हाँक्न पाउने भएका छन् । तिनीहरुलाई सरकारले आइतबारदेखि सवारी चलाउन पाउने अनुमति दिइएको शुक्रवार स्थानिय संचार माध्यमले जनाएको छ ।

लामो प्रतीक्षापछि साउदी अरेबियाका नरेश सलमानले पहिलो पटक महिलालाई सवारी साधन चलाउन दिने आदेश जारी गरेका हुन् ।
महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको बताइएको छ ।
साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र आइतबारबाट नै तिनीहरुले नयाँ अधिकार उपभोग गर्न पाउने भएका छन् ।

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि निरन्तर अभियान चलाउँदै आएका थिए । त्यसैक्रममा थुप्रै अभियन्तालाई कारवास संजाय पनि भइसकेको छ ।

अहिले सम्म महिलालाई गाडी चलाउने अनुमति नदिने विश्वमा साउदी अरेबिया एक मात्र मुलुक हा । साउदीको विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधन गरी नरेशले नै विशेष आदेश जारी गरेपछि महिलाहरुले यो अधिकार प्राप्त गरेका हुन् ।

यसअघि पनि लुकिछिपी महिलाले गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलाहरुमाथि कडा जरिवाना हुने गर्दथ्यो ।

केही महिनाअघि नै सरकारले यो नीति बनाएर जुनदेखि महिलाहरुले सवारी आफै हाँक्न सक्ने बताएको थियो । त्यो नीतिको घोषणा भएपछि यहाँ महिलाका लागि सवारी चालकसम्बन्धी तालिम र सवारी चालक अनुमति पत्र दिने प्रक्रियाको सुुरुवात भएको थियो ।

अधिकारीहरुले आइतबार महिलाले सवारी चलाउने कार्यको सुरुआत एक विशेष कार्यक्रममार्फत गरिने जनाएका छन् ।
संयुक्त राज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी नरेशको आदेशको स्वागत गरेका छन् ।

तिनीहरुले साउदी सरकारको यस कदमलाई मानवअधिकारको पक्षमा एउटा महत्ववपूर्ण कदम भएको पंतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्