मुसर्रफको राजिनामा



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका पुर्व सैन्य सासक परवेज मुसर्रफले आफनो पार्टी अल पाकिस्तान मुस्लिम लिगको अध्यक्ष पदबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले उनी माथि जुलाइ २५ मा हुन गइरहेको चुनावमा लड्नबाट रोक लगाएपछि उनले राजिनामा दिएको हो । ७४ बर्षिय मुसर्रफले पाकिस्तानको चुनाव आयोगलाई पार्टी अध्यक्षबाट राजिनामा दिएको पत्र पठाएका थिए ।

सर्वोच्च अदालतले पेसीमा उपस्थित नभएकोमा उनलाई नामांकन भर्न अनुमति दिएको अन्तिम फैसला फिर्ता लिएको थियो । मुसर्रफको राजिनामापछि पार्टी महासचिव मुहम्मद अमजदलाई पार्टीका अध्यक्ष बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्