अनुपविक्रमको अँगालोमा माला र वर्षा



काठमाडौं । अभिनेता अनुपविक्रम शाही र मोडल माला लिम्बू ‘पुरानो बुलेट’मा सवार सँगै सवार गर्ने भएका छन् । क्रेजी इन्टरटेन्मेन्टले फिल्म ‘पुरानो बुलेट’ बनाउँदैछ । जसमा अनुप र मालाका अलावा वर्षा सिवाकोटी पनि मुख्य भूमिकामा रहनेछिन् ।

निर्माणपक्षका अनुसार फिल्ममा माला र अनुपको अनस्क्रिन रोमान्समा वर्षा कवाव बन्नेछिन् अर्थात फिल्म क्रिकोणात्मक प्रेमकथामा आधारित छ । यो फिल्मको बिहीबार मात्र राजधानीमा एक कार्यक्रमबीच अनौपचारि निर्माण घोषणा गरिएको हो ।

यस फिल्ममा अनुपविक्रम, वर्षा र मालाका अलावा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारकोे पनि अभिनय रहनेछ ।

अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्ने यस फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।
पत्रकारितामा लामो समयदेखि काम गरिरहेका भीषण राईले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन् । निर्देशक भीषण र कार्यकारी निर्मातामा सन्तोष सन्तोषको कथा–पटकथा रहेको छ ।
हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् । फिल्मको छायांकन १५ असारबाट सुरु हुने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्