खेलाडीको अनौठो अन्धविश्वास



लन्डन, (एजेन्सी)
विश्वकपमा सहभागि भएका फुटबलरहरुको अनौठो अन्धविश्वास सामुन्ने आइरहेको छ । यसमा केहीले अन्डरवेयर लगाएमा भाग्यशाली हुन्छ भन्ने अन्धविश्वासमा छन् । केही डाइटिङबाट सफल हुन चाहन्छन् । यस मध्ये कोलम्बियाका चर्चित गोलकिपर रेने हिगुइटा नीलो अन्डरवेयर लाएमा सफलता हासिल हुन्छ भन्ने अन्धविश्वासमा थिए ।

त्यस्तै जर्मन स्ट्राइकर मारियो गोमेज सफलता पाउन खेल अगाडि एकदम बायाँमा बनेको ट्वाइलेट प्रयोग गर्ने गर्छन् । गोमेजका साथी खेलाडी जुलियन ड्राक्सलेरले ठूलो खेल अगाडि परफ्युम लगाउने गर्छन् ।

खेल मनोवैज्ञानिक डान अब्राहम्सले बताए—हरेक खेलाडी खेल अघि केही नियम राख्छन् । वास्तवमा उनीहरुको प्रदर्शनसँग यसको केही मतलब हुँदैन । तर खेलाडी यस्तै अन्धविश्वासमा पर्छन् ।

यसैगरी इंग्ल्यान्डका फिल जोन्स सेतो लाइनमा हिँडन मन पराउँदैन । जबकी ब्राजिलका डिफेन्डर मार्सेलो सँधै मैदानमा दायाँ खुट्टा पहिले राख्छन् । मोरोक्कोका हर्भ रेनार्डले सेतो कमीज लगाउँछन जसले उनलाई अफ्रिकी कप अफ नेसन्समा सफलता दिलायो तर विश्वकपमा दिलाएन । फा्रन्सको १९९८ विश्वकप टोलीका खेलाडी खेल अगाडि गोलकिपर ब्राथेजको तालुमा हाथ लगाउने गर्थे । डिफेन्डर लोरेन्ट ब्लान्कले त उनको तालुमा चुम्बन गर्थे ।

प्रतिक्रिया दिनुहोस्