मोदी अविवाहिता भएको प्रचार प्रति पत्नी जसोदाबेन दुखित



नयाँदिल्ली (एजेन्सी)
‘एक महिला हुनुका बावजुद आनन्दीबेन पटेलले यसतो बयान दिइन, त्यसैले यो स्पष्टिकरण दिनु पुरेको हो । मेरो लागि यो दुखको कुरा हो कि मोदी विवाहित भएको वावजुद यसता बयान दिइरहेका छन् ‘

यो भनाइ प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेनको हो । उनले यो कुरा एक अन्तरवार्तामा भनेकी थिइन् ।

प्रधानमन्त्री मोदी अविवाहित बताइएको आनन्दीबेनको बयानलाई लिएर जसोदाबेन दुखि भएकी छिन् । गुजरातका पुर्व मुख्यमन्त्री तथा मध्य प्रदेशकी राज्यपाल आनन्दीबेनले एक कार्यक्रममा भनेका थिए– नरेन्द्र भाइले विवाह गरेन तर पनि महिला र बच्चाको पिडालाई बुझ्नु हुन्छ ।

आनन्दीबेनको उक्त बेयानले जसोदाबेन र उनका परिवारका सदस्य अत्यन्त रुष्ट भएका छन् । जसोदाबेनले भनिन्– सबैलाई थाहा छ, नरेन्द्र मोदीको विवाह भएको थियो । फेरी पनि यिनीहरु झुठो प्रचार गरिरहेका छन.् ।

जसोदाबेन र उनका परिवारले आनन्दीबेनको बयान पुर्ण रुपमा झुठो भएको बताएका छन् । यो त्यसतो झुठ हो जुन राजनितिक फाइदाका लागि फैलाइरहेको उनीहरुले बताएका छन् ।
जेसोदाबेनका भाइ अशोक मोदीले बीबीसी गुजरातीलाई भने– मान्छेहरु राजनितिका लागि नरेन्द्र मोदी र जसोदाबेनका बारेमा झुठो प्रचार गर्नु हुँदैन ।

नरेन्द्र मोदीले सन् २००२, २००७ र २०१२ को गुजरात विधानसभा चुनावमा चुनावको नामांकन फर्ममा आफनो वैवाहिक स्थितिका बारेमा कुनै जानकारी दिएको थिएन ।

तर सन् २०१४ को लोकसभा चुनाव अगाडी मोदीले पहिलो पटक औपचारिक रुपमा चुनावी नामांकन पत्रमा आफु विवाहिता भएको स्विकार गरेका थिए ।

उनले नामांकन फर्ममा जोसदाबेनलाई आफ्नी पत्नी भएको उल्लेख गरका थिए । यद्यपी, प्यानकार्ड र सम्पतीसँग सम्बन्धित कागजातमा उनले यस विषयमा कुनै जानकारी दिएको छैन ।

त्यसका लगत्तै प्रधानमन्त्री मोदीका दाजु सामाभाइ दामोदरदास मोदीले एक विज्ञप्ती जारी गर्दै विवाहको केही दिनपछि नै उनी र जसोदाबेन अलग्ग भएको बताएका थिए ।

सोमाभाइले भने– हामी सामाजिक र आर्थिक रुपले पिछडिएको जातीमा पर्छौं । हाम्रो समाजमा बालविवाह प्रथा प्रचलित थियो र १७ बर्षको उमेरमा नरेन्द्र मोदीको विवाह जसोदाबेनसँग भएको थियो । विवाहको केही दिनपछि नै ती दुई अलग्ग भएका थिए । यद्यपी दुबैले कहिले पनि आफनो विवाहलाई औपचारिक अन्त्य भने गरेन ।

सन् २०१३ मा भारतको सर्वोच्च अदालतले एक फैसला सुनाउँदै चुनावी प्रत्यासीले नामांकन पत्रमा मागेका सबैको सही जानकारी दिनु पर्ने आदेश दिएको थियो ।

यदी कुनै कोलम खाली छुट्न गएमा उसको नामांकन पत्र रद्द गर्न सक्ने फैसलामा उल्लेख गरिएको थियो । अदालतले आफनो आदेशमा मतदातालाई आफना चुनावी प्रत्यासीका बारेमा सबै कुरा जान्ने अधिकार रहेको उल्लेख गरेको थियो ।

नरेन्द्र मोदीसँगको विवाहको समयमा जसोदाबेनको उमेर मात्र १५ बर्ष थियो । मोदीले आरएसएसमा संलग्न भएपछि जसोदाबेनलाई छोडेको आलोचकहरु बताउँछन् । संघका स्वयंसेवकलाई विवाह गर्ने अनुमति छैन ।

आलोचकहरुले लामो समयसम्म जसोदाबेनलाई पत्नीका रुपमा स्विकार नगर्नु महिलाप्रति मोदीको उदासिन रवैया भएको बताए ।

प्रतिक्रिया दिनुहोस्