तस्रो पक्ष अस्विकार



वासिङटन (एजेन्सी)
ट्रम्प प्रशासनले काश्मिर विवाद सल्टाउन कुनै तेस्रो पक्षको भुमिका आवश्यक नभएको बताएको छ । उक्त मुद्दामा कुनै पनि विषयको निर्धारण भारत र पाकिस्तानले गर्नु पर्ने जनाएको छ । भारतमा चीनका राजदुत लो जाहुइले सांघाइ सहयोग संगठनको पहलमा भारत, चीन र पाकिस्तानबीच त्रिपक्षिय सहयोगको सुझाव दिएपछि ट्रम्प प्रशासनको उक्त प्रतिक्रिया आएको हो । अमेरिकी विदेश विभागका एक प्रवक्ताले काश्मिरमा अमेरिकी नितिमा कुनै परिवर्तन नभएको बताएका छन् । उक्त मुद्दामा कुनै पनि निर्णय वा प्रकृतिको निर्धारण दुई देशले गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्