सिप्रदी र टाटा मोर्टसद्वारा योग दिवसमा कार्यक्रम



काठमाडौं, (नेस)
सिप्रदी ट्रेडिङ प्रालि, सिप्रदीयन सहायता संस्था र टाटा मोर्टसको संयुक्त आयोजनामा देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । सिप्रदी ट्रेडिङ प्रालिको अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमलाई सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले संयुक्त रुपमा सहयोग गरेको हो ।

कार्यक्रममा सिप्रदी तथा टाटा मोर्टसका प्रतिनिधिलगायतको सहभागी भएका थिए । संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त योग दिवसप्रति सिप्रदीले विश्वव्यापी अभियानमा आफ्नो आबद्घता देखाउँदै हरेक वर्ष मनाउ“दै आइरहेको छ ।

सिप्रदी टे«डिङ प्रालिका निर्देशक शम्भुप्रसाद दाहालले भन्नुभयो–‘आज यहा“ विभिन्न उमेर समुहका व्यक्तिको सहभागिताले गर्दा धेरै खुशी लागेको छ । शरीर र मनलाई शान्त राख्ने योगा अध्यात्मिक तथा योगीक अनुशासनको लागि गरिने व्यायाम हो । विशेषगरी आज का युवा धेर नै नचाहिने कुरा, हिंसा आदिमा आफ्नो समय व्यतित गरिरहेका छन् त्यसैले योगाले मन, शरीर र आत्मालाई शान्त बनाउ“छ । सिप्रदी टे«डिङ तथा सिप्रदीयन सहायता संस्था, टाटा मोटर्स तथा आफ्ना ग्राहक, परिवार तथा साथीभाइहरुसँग जोडिन पाउदा खुशी व्यक्त गर्दछ ।’

त्यस्तै सिप्रदी टे«डिङ प्रालिका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले भन्नुभयो–‘विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजिक दायित्व बहन गर्ने संस्था सिप्रदीयन सहायता संस्थास“गै मिलेर यो अन्तर्राष्ट्रिय योग दिवस मनाउ“दै आएको छ । योगा भनेको खाली व्यायाम गर्नु मात्र होइन यो आफ्नो भित्री पहिचान खोज्ने तरिका पनि हो र प्रकृति र विश्वलाई चिन्ने अवसर पनि हो । यसले हामीलाई स्वस्थ तथा समृद्ध बनाउनुको साथै हरेक दिन आनन्द र वर्तमानमा रहन सिकाउ“दछ ।’

प्रतिक्रिया दिनुहोस्