गाँजा फँडानीमा प्रहरी सक्रिय



अमृत अर्याल, स्याङ्जा
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङले जिल्लाका विभिन्न क्षेत्रमा गाँजा फडानीलाई सक्रियता देखाएको छ । लागुऔषध विरुद्धको सचेतना कार्यक्रम अन्तरर्गत प्रहरीले अबैधरुपले पालिराखेका गाँजाका वोट नष्ट गर्ने अभियान चलाएको हो ।

लागु औषध दुरुपयोथ तथा ओसापसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयले विभिन्न सचेतना कार्यक्रम सगै गाँजा फडानी शुरु गरेको हो । प्रहरीले जिल्लाका चापाकोट, चिलाउनेवास, अर्जुनचौपारी, पञ्चमुल र फेदीखोलाका क्षेत्रमा रहेका करिव ४ सय गाँजाका वोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

यो अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ । लागुऔषध ओसापसारले विभिन्न अपराधिक क्रियाकलाप घट्ने विषयलाई मध्यनजर गरेर प्रहरीले आफ्नो सक्रियता बढाएको छ । यता लागुऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तरािष्ट्रय दिवस वडा प्रहरी कार्यालय वालिङले विभिन्न पर्चा पम्पलेट सहितको ¥याली निकालेर सचेतना जगाएको छ ।

जनप्रतिनिधि, टोल समिति, आमा समुह, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायी लगायतको सहभागितामा वडा प्रहरी कार्यालय वालिङको प्राङ्णबाट शुरु भएको ¥यालीले विभिन्न ठाँउमा सचेतना गर्दै भकुण्डेमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले लागुऔषध सेवन गर्नु र ओसापसार गर्नु जघन्य अपराध भएको उल्लेख गर्दै सबै अभिभावकहरुलाई सचेत रहन आग्रह गर्नुभयो । वडा अध्यक्ष अनन्तराज गैह्रेले पछिल्लो समय वालिङ लागुऔषधको ओसापसारको ट्रान्जिट प्वाईन्ट वालिङ भएकोले वालिङवासी र प्रहरी मिलेर न्युनिकरण अभियानमा लाग्नु पर्ने बताउनुभयो ।

साताव्यापी मनाउने यो अभियानलाई टोल टोलमा प्रहरी भन्ने नारा सहित सबै क्षेत्रमा यो अभियान पु¥याएर नागरिक सचेतना गर्ने कार्यक्रम रहेको वडा प्रहरी कार्यालयका प्रमुख शंकर आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्