भ्रुणको भन्दा आमाको अधिकारको व्याख्या गर्न आग्रह



काठमाडौं, (नेस)
नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको १५ बर्ष विति सक्दासम्म कानूनको पालना गर्ने दायित्व महिलाको मात्र हो भन्ने व्यावहारिक समस्या कार्यान्वयनमा कठीनाइ भएको एक कार्यक्रममा बताइएको छ ।

गर्भपतन सम्बन्धी कानुन तथा कार्यान्वयनमा गर्नुपर्ने सुधारहरु नामक रिपोर्ट सार्वजनिक गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भूणको अधिकारको भन्दा पहिला आमाको अधिकारको बिषयमा ध्यान दिएर कानूनको व्याख्या गर्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षित गर्भपतन सम्बन्धी कानून बने यता धेरै आमाहरुको ज्यान बँचेको बताउनुभयो ।

सुरक्षित गर्भपतनलाई योग्य र भोग्य बनाउनका लागि कानून बनाउने निकाय सरकार, समाज, महिला, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुका साथ परिवार सचेत हुनुुपर्ने कुरामा श्रेष्ठले जोड दिनुभयो । उहाँले यतिबेला कानूनविद्लाई चिकित्सक र चिकित्सकलाई कानून विद्को खाँचो रहेको कुरा औल्याउनुभयो ।

सोही अवसरमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले गर्भपतन समबन्धी अनुसन्धान अत्यन्तै पूर्वाग्राही रहेको बताउनुभयो । कतिपय चिकित्सकले पैसा कमाउने नाममा सेवा हैन अनुसन्धान गर्छुु भन्दै हिड्नु कानून कार्यान्वयनमा देखा परेको ठूलो चुनौतिको बिषय भएको उहाँको भनाइ थियो ।

महिला कानून र विकास मञ्च (एफडब्लु एलडी) का अध्यक्ष मीरा ढुंगानाले मञ्चको वेयवसाइडमा मोबाइलमै डाउनलोड गर्न मिल्ने गरि एप नै बनाएको बताउनुभयो । उहाँले एपमा ऐन, कानूनमा रहेका आफ्ना विभिन्न अधिकारहरु सम्बन्धी जानकारी, अधिकार उल्लंघनमा अपनाउनु पर्ने उजुरी प्रक्रिया सम्बन्धी जानकारी, विभिन्न अदालतबाट भएका अधिकारसम्बन्धी फैसलाहरुको जानकारी र अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी दस्तावेज र संयन्त्रहरु सम्बन्धी जानकारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्