भारतमा सडक दुर्घना: एकै परिवारका १५ जनाको मृत्यु



मध्यप्रदेश  । भारत मध्यप्रदेशको मुरैनामा भएको सडक दुर्घटनामा परि एकै परिवारका १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ७ पुरुषको रहेका छन् ।

बिहीबार विहान बालुवा बोकेको ट्रैक्टरको ट्रलीले जीपलाई टक्कर दिएको हो । दुर्घटनामा ६ जना घाइते भएको छन् । जसमा २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतीय प्रहरीका अनुसार जीपमा ग्वालियर जिल्लाको बडेरा गाउँका एकै परिवारका २१ जना सवार थिए । उनीहरु एक नातेदारको अन्तिम दाहासंस्कार कार्यक्रममा सहभागी हुन मुरैना जिल्लाको घुरघान गाउँ गइरहेका थिए ।

ट्रैक्टरको ट्रलीमा चालकले अवैध बालुवा दुवानी गरेको थियो र प्रहरीबाट बच्न उनले तीब्र गतिमा ट्रैक्टर चलाइरहेका थिए । मुरैनाबाट ४ किलोमिटर टाढा रहेको अम्बाह सडक खण्डको गञ्जरामपुरमा ट्रैक्टरले जीपलाई ठक्कर दिएको हो ।

ट्रैक्टर चालक फरार रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रैक्टरले जीपलाई यति जोडले ठक्कर दिएको थियो जसका कारण जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ट्रैक्टर र जीपमा बीचमा शव चेपिएका थिए । प्रहरीले स्थानीयको सहयोगमा जीपलाई काटेर शव निकाका थिए ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख प्रकट गर्दैमा मृतकलार्ई श्रद्धाञ्जलि दिएका छन् । घटनाबारे जानकारी पाउनसाथै स्वास्थ्य मन्त्री रुस्तम सिंह घटनास्थल पुगेका छन् । उनले घाइतेहरुसँग कुराकानी गरको थिए ।

प्रतिक्रिया दिनुहोस्