​‘योग दिवश’मा कंगनाको योगाभ्यास भिडियो



काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम डान्सर कंगना रानावत यतिखेर लण्डनमा छिन् । लण्डनबाटै उनले योग गरिरहेको एक भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा कंगनाले निकै कठिन योगाभ्यास गरिरहेको देखिन्छ ।
कंगनाले ‘चौथो अन्तरर्राष्ट्रिय योग दिवस’को अवसरमा भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोमा उनी लउडनको सेन्ट्रल पार्कमा योग गरिरहेकी देखिन्छिन् ।

कंगना फिल्म ‘मेन्टल मे क्या’ फिल्म सुटिङका लागि लण्डन पुगेकी हुन् । जुन फिल्मको निर्देशन प्रकाश कोवेलामुदीले गरिरहेका छन् । कंगना फिल्म सुटिङको व्यस्तताका बाबजुद पनि योगलाई समय दिँदै आएकी छन् । ‘मेन्टल मे क्या’ मा कंगनाको को–एक्टर राजकुमार राव छ्न ।
कंगनाको योग गुरु सूर्यनारायण सिंह हुन् । उनले १४ वर्षदेखि सिंहसँग योग सिक्दै आएको बताइन्छ । कंगना हरेक दिन योग गर्छिन् । कंगनाले सिंहलाई २०१७ मा गुरु दक्षिणाका रुपमा मुम्बईको अँधरीमा करीब २ करोड रुपैयाँको फ्ल्याट किनेर गिफ्ट दिएकी थिइन् ।
कंगनाको योगाभ्यासबारे सूर्यनारायण सिंह भन्छन्, ‘उनलाई योगको एक सयभन्दा बढी आसन आउँछ । कंगनाले योग गर्न सुरु गर्दा उनी फिल्ममा आएकी थिइनन् । सूर्यनारायणका अनुसार कंगनाले योगको आसन सिकिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्