नेयमारको गर्लफ्रेन्डलाई द्विविधा



मस्को, (एजेन्सी)
ब्राजिलका स्टार फुटबलर नेयमारकी पूर्व गर्लफे्रन्ड सोर्जा वुसेलिकलाई विश्वकपमा द्विविधामा परेकी छन् । सोर्जाले एक च्यानलमा अन्तर्वातामा दिने क्रममा भनिन कि ब्राजिललाई समर्थन गरौं या आफनो देश सर्बियाको समर्थन गरु ।

सोर्जाले बताइन्—राष्ट्र भक्ति एक तर्फ, मानवीय नाता एक तर्फ । म यस स्थितिमा दुबै देशलाई शुभकामना दिन चाहन्छु ।
उनले थपिन्—यसै त म फुटबलको शुरुदेखि नै प्रशंसक हु । कोसिस गर्छु कि फाइनल खेल जरुर हेर्छु ।

नेयमारसँग प्लेब्वायको माडल बनिसकेकी सोर्जाको भेट सन् २०१४ मा भएको थियो । जब नेयमारले उनलाई निजी विमानमार्फत् छुट्टी मनाउन स्पेन लगे तबदेखि उनी संसारको नजरमा परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्