एटिएमका लाखौ रुपियाँ क्षतिग्रस्त



नयाँदिल्ली,(एजेन्सी)
भारतिय पुर्वी राज्य आसममा बिग्रेको पैसा निकाल्ने एटिएम मेसिन बनाउने प्राविधिज्ञहरु मेसिन खोलेर हेरेपछि स्तब्ध भएक छन् । तिनीहरुले त्यसभित्रको झण्डै १२ लाख भन्दा बढि भारतिय रुपैंया ससाना टुक्रामा च्यातिएको अवस्थामा फेला परेको छ ।

ति नोट मुसाले खाएको अनुमान गरिएको छ । दि हिन्दुस्तान टाइम्सका अनुसार मेसिनमा वायरिंगका लागि बनाइएको प्वालबाट मुसा भित्र छिरेको जनाएको छ । टिन्सुकिया जिल्लाको स्टेट बैंक अफ इन्डियाको शाखाको एटिएममा भेटिएको चपाइएका नोटको तस्वीर ट्विटरमा भाइरल भएका छन् ।

प्रहरी अधिकारी प्रकाश सानोवाललाई उदरित गर्दै हिन्दुस्तान टाइम्सले करिव १२ दिन देखि सो एटिएम मेसिनले काम गर्न छोडेको जनाएको छ । मेसिन खोलेर हेरेका प्राविधिज्ञहरुले २ हजार र ५ सयका नोटहरु पुर्णत क्षतिग्रस्त अवस्थामा भेटिएको बताएका टन् । तर तिनीहरुले बाँकी १७ लाख नोट लिन बचाउन सफल भएक छन् ।

प्रतिक्रिया दिनुहोस्