सिमेन्ट उद्योगमा १५ अर्ब लगानी हुँदै



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनिया“ कम्पनी हुवासिनस“ग सम्मझाैता भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका उपाध्यक्ष सू गाङले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

छ महिनाभित्र कारखाना स्थापना गर्ने लक्ष्य राखिएको उक्त उद्योगमा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ । हुवाजिनले धादिङको पानीखर्कमा सिमेन्टका लागि खानी उत्खनन् गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्