हंसराज हुलासचन्दले युरोग्रिप टायर बजारमा ल्यायो



काठमाडौं, (नेस)
नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले युरोग्रिप टायर ल्याएको छ । हंसराज हुलासचन्द बजाज दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ ।

टायरको सम्पूर्ण रेन्जको साथ, युरोग्रिप टायर बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको ओरिजिनल फिटमेन्टको लागि सबैभन्दा ठूलो सप्लायर पनि रहेको छ । एक्ट्रा डिउरेबल टायर भनिएको युरोग्रिप टायरले लामो अवधिसम्म चल्नुको साथै आरामदायक सवारीको बाचा पनि गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्