राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका अलग



वासिङ्ट, रासस/एएफपी । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ ।

अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ । आलोचना गर्दै अमेरिका सो परिपदबाट छुट्टिएको घोषणा गरेको छ ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वासिङ्टनमा यो घोषणा गर्नुभएको छ ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओको राय बमोजिम नै यो निर्णय गरिएको पनि बताउनुभएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ ।

केही विदेशी स्वार्थी राष्ट्र वा व्यक्तिले आफनै सेवागर्ने निकायको रुपमा यसलाई प्रयोग गर्दै आएकाले पनि उक्त परिषदबाट अमेरिकाले निस्किने निर्णयमा पुगेको राष्ट्र संघकालागि अमेरिकी राजदूत निक्की हेलीले बताउनुभयो ।

यस परिषदका सदस्यले आफ्ना र आपूmले गरेका मानवअधिकार उल्लङ्घनका घटना लुकाउन यो परिषद खोलेको समेत आरोप लगाउनु भएको छ ।

राष्ट्रसंघको मानवअधिकार परिषद् गतवर्ष इजरायलप्रति सधैँ पूर्वाग्रही भएको आरोप लगाउँदै अमेरिकाले सो परिषद्को सदस्यता नवीकरणको लागि आगामी दिनमा विचार गर्ने पनि बताएको छ ।

जेनेभामा सन् २००६ मा गठन भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मानवअधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएको आरोप अमेरिकाले विगतदेखि नै लगाउँदै आएको थियो ।

राजदूत हेलीले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णयबारे जानकारी दिनुभएको थियो ।

सो पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ पनि सहभागी हुनुहुन्थ्यो । परिषद्लाई मानवअधिकारको रक्षागर्न नसक्ने र निकै कमजोर निकायको संज्ञासमेत उहाँले दिनुभएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आफ्ना प्रवक्तामार्फत जारी गर्नुभएको एक प्रेस वक्तव्यमा अमेरिका मानवअधिकार परिषदबाट बाहिर निस्किन नहुने बताउनुभएको छ ।

उहाँले यस्तो सम्वेदनशिल परिषद्बाट अमेरिका बाहिर नजाओस भन्ने आफ्नो चाहना रहेको पनि बताउनुभएको समाचारमा जनाइएको छ ।

उता इजरायलले भने अमेरिकाको उक्त निर्णयको स्वागत गरेको बताइएको छ । इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी अमेरिकाले उक्त परिषद्बाट अलग हुनेगरी गरेको निर्णयको स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्