हुण्डी र सुन तस्करीका डन विमल पोद्दार पक्राउ



काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि हुण्डी र सुन तस्करीका डन मानिने विमल पोद्दार पक्राउ परेका छन् ।

सुन तस्करीको छानविनका लागि गठित गृहका सहसचिव ईश्वरराज पौडेलको अनुसन्धान टोलीले पोद्दारलाई मंगलबार पक्राउ गरेको हो । पोद्दार विदेशी मुद्रा र सुन तस्करीमा पुर्व एसएसपी रबिराज श्रेष्ठ सँग मिलेर काम गर्दथे भने उनी ब्यापारी दिपक मलहोत्राका पनि पार्ट्नर हुन ।

पोद्दारको पुर्व एअाईजी बिजयलाल कायस्थसँग राम्रो सम्बन्ध छ । पोद्दारसँग सोधपुछ भइरहेको समितीले जनाएको छ । समिति स्रोतका अनुसार पोद्दारको पुर्व एआईजी विज्ञानराज शर्मासहितका प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध छ । पोद्दार,विज्ञानराज शर्माका भाई दया शर्मा र मलहोत्राको सुन तस्करी र हुण्डी मा ठुलो सन्जाल रहेको स्रोत वताउंछ । पोदारलाई बा८च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीसहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्