प्रकाशन हुनै लाग्दा एसइइ परीक्षाको नतिजा कसले रोक्यो ?



काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइइ) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईईको नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्ने भन्ने विषय सार्वजनिक भएको थियो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने बताएका छन । गएको चैत ८ गतेदेखि भएको एसर्इई परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्