१३ हजार घाइते



जेनेभा (एजेन्सी)
अन्तराष्ट्रिय रेडक्रस समितिले गाजामा १३ हजार घाइतेको मद्दतका लागि उसको स्वास्थ्य कर्मचारी तल्लिन रहको जनाएको छ । गाजाको स्थिति डरलाग्दो रुपमै गम्भिर रहेको रेडक्रसका मध्यपुर्व प्रमुख रोबर्ट मार्डिनीले बताए । घाइतेमा धेरैलाई गम्भिर चोट लागेको उनले बताए । ती मध्य कयौंलाई धेरैपटक गोली लागेको उनले जानकारी दिए । रेडक्रसको उक्त बयान आउनु अगाडी मात्रै गाजापट्टी र इजरायल सिमामा एक प्यालेस्टिनीको मृत्यु भएको थियो । प्यालेस्टिनी सुत्रले उनलाई गोली हानिएको जनाएको छ भने इजरायलले सरक्षा घेरा तोड्ने प्रयासका क्रममा भएको एक विस्फोटमा उनको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्