घरेलु टाेली रसियाद्वारा इजिप्ट ३–१ गोलले पराजित



एजेन्सी ।
विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा घरेलु टाली रसियाले इजिप्टलाई ३–० गोलअन्तरले पराजित गरेको छ । मंगलबार मध्यराती भएको उक्त खेलमा भएको रसियाले जितसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गरेको रसियाले दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले पराजित गरेको छ ।दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफ यता खेलको ४७औं मिनेटमा इजिप्टका कप्तान अहमद फाथीले आत्मघाती गोल गरेपछि रसियाले १–० गोलको अग्रता लिएको थियो ।

त्यस्तै, रसियाका डेनिस चेरिशेभ र आर्टिम ज्युबाले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा चेरिशेभले गोल गर्दै रसियालाई २–० गोलको अग्रता दिलाएका थिए ।

त्यसको ३ मिनेटपछि खेलको ६२औं मिनेटमा ज्युबाले गोल गर्दै रसियालाई ३–० गोलको अग्रतामा पुर्याएका थिए । खेलको ७३औं मिनेटमा इजिप्टले गोल फर्काएको थियो ।

रसियाका खेलाडीले डिबक्सभित्र इजिप्टका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट मोहमद सलाहले गोल गर्दै इजिप्टलाई ३–१ गोलको स्थितिमा पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्