सूचनाको हक सुशासन अभिबृद्धिको सशक्त हतियार



लमजुङ (नेस)
लमजुङमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया गरिएको छ । सो अवसरमा प्रजिअ झंकनाथ ढकालले सूचनाको हक सुशासन अभिबृद्धिको सशक्त हतियार भएको बताउनु भयो ।

सूचनाको हक सम्बन्धि कानुनी व्यवस्था र अभ्यास विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । उहाँले आफूले पदीयभन्दा पनि सैद्धान्तिक विषयको प्रस्तुति गरेको बताउँदै ६ हजार वर्ष अघि लेखिएको भागवत गीतमा समेत सूचनाका बारेमा बताइएको उल्लेख गर्दै गीतका श्लोकको उद्दरण सुनाउनु भएको थियो । उहाँले भन्नुभयो ६ हजार वर्ष अघि लेखिएको गीतामा कर्मको सत्य के हो ? विकर्म, अकर्म के हुन् ? कामको गति समुद्रको गहिराईभन्दा तेज हुन्छ, रहस्य भनेको काम गर्ने बाटा हुन् भन्ने उल्लेख रहेछ ।

उहाँले सूचनाको हक सम्बन्धी ऐन २०५४, सो सम्बन्धी नियमावली– २०५६ का बारेमा जानकारी दिनु हुँदै सूचनाको हकको प्रत्याभूतिका लागि पारदर्शीता प्रवद्र्धन गर्न नगारिकलाई सचेत गर्नु हो भन्नुभयो । सूचनाको हक लोकतन्त्र र विकासको अनिवार्य सर्त भएको बताउनु हुँदै भ्रष्टाचारमा शून्य सहनशीलताका लागि पनि सूचिनाको हक कार्यान्वयन हुन जरुरी छ भन्नुभयो । उत्तरदायित्वको महत्वपूर्ण साधन सूचनाको हक हो भन्नुहुँदै प्रजिअ ढकालले सूचनाको हकको कार्यान्वयन स्थिति हराएको गाई सूर्यलाई दान जस्तो अवस्था छ तर अब त्यसो हुन नदिऔँ भन्नुभयो ।

सो कार्यपत्रका पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले टिप्पणी गर्दै सूचनाको हक माग्ने पत्रकारले र दिने पत्रकारलाई जस्तो अवस्था छ सर्वसाधारणलाई पनि प्रश्न सोध्न सक्ने बताउँन सक्दामात्र यसको कार्यान्वयन पक्ष दरिलो हुन सक्छ भन्नुभयो ।

पत्रकार महासंघका कावा जिल्ला अध्यक्ष कृष्णबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले आफ्नो धारणा राख्नु भएको थियो । महासंघका जिल्ला उपाध्यक्ष विमला अधिकारीले स्वागत गर्दै सूचनाको हकको कार्यान्वयनका लागि सबैले सहजरूपमा सूचना पाउने वातावरण हुनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्